कपिलवस्तुमा राजावादीको बृहत् प्रदर्शन

0
469

जानु पाण्डे
मंसिर ३०,२०७७ कपिलबस्तु : कपिलवस्तुमा पूर्व राजा समर्थकले बृहत् प्रदर्शन गरेका छन् । हजारौँको सङ्ख्यामा आएका प्रदर्शनकारीले हिन्दु राज्य स्थापना तथा राज संस्था पुर्न स्थापनाको माग गरेका थिए ।
राष्ट्रिय झन्डा बोकी बाजा गाजा बजाउँदै उनीहरूले बाणगंगा नगरपालिकाबाट मोटरसाइकल र्‍याली गरेका थिए । जिल्ला सदरमुकाम तौलिहवा प्रशासन चोकमा पुगी कोणसभा गरी र्‍यालीको समापन भएको थियो ।
शिव सेना नेपालको आयोजनामा आह्वान गरिएको प्रदर्शनमा काँग्रेस र नेकपाका कार्यकर्ता समेत समावेश रहेका थिए । सरकार प्रति वितृष्णा भएको हुँदा प्रदर्शनमा समावेश भएको एक काँग्रेसका कार्यकाले बताए ।
र्‍यालीमा शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बाबा र कपिलवस्तुका जिल्ला अध्यक्ष भीष्मराज ढुङ्गानाले नेतृत्व गरेका थिए

SHARE