लुम्बिनी प्रदेशका सबै जिल्ला यसै वर्ष पूर्ण खोप हुन्छ : मन्त्री बराल

0
1015

जानु पाण्डे

मंसिर ३०,२०७७ कपिलबस्तु : लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले पूर्ण खोप बाकी रहेका प्रदेशका ४ जिल्ला यसै वर्ष पूर्ण खोप भएको घोषणा गर्ने बताएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले बाणगंगामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बरालले भने , ‘ पूर्ण खोप घोषणाको लागी प्रदेश सरकारले ४ जिल्लाका स्थानीय तह लाई सहयोग गर्न तयार रहेको छ । कपिलवस्तु ,बाँके बर्दिया र पूर्वी रुकुम खोप अभियानमा कमजोर देखिएको छ । ८ जिल्लाले घोषणा गरिसकेका छन् । प्रदेश सरकारले ‘खोज र खोप अभियान’ मार्फत लुम्बिनी प्रदेशका सबै जिल्ला पूर्ण खोप बनाउने छ । ’

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका कपिलवस्तुका खोप अधिकृत चिन्तामणि ज्ञवालीले जिल्लालाई आगामी वैशाख महिनासम्म पूर्ण खोप घोषणा गरिने तयारी भएको बताए । खोप नलगाएका बच्चाहरू खोजीका लागि फाल्गुण मसान्तसम्म सर्वेक्षण गर्ने र छुटेका बालबालिकालाई चैत महिना खोप लगाइने बताए । कार्यक्रममा १० वटै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरूले आफ्नो पालिकाको प्रगति विवरण ,खोप अभियानको चुनौती ,समस्या लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख नारायण खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य विष्णु पन्थी जिल्लाका १० स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरू, स्थानीय तह स्वास्थ्य शाखा प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो । कपिलवस्तु जिल्लाका बाणगंगा ,बुद्धभूमि र शिवराज नगरपालिका पूर्ण खोप पालिका घोषणा भैसकेका छन् । भने कपिलवस्तु जिल्लाका ३ पालिका , लुम्बिनी प्रदेशका ८ वटा जिल्लासहित नेपालमा ५८ जिल्ला पूर्ण खोप जिल्ला घोषणा भैसकेको छ ।

SHARE