कांग्रेसको खम्बा भत्काएर गाउँका सबै नेकपामा प्रवेश

0
1555

गुल्मी,२९ मंसिर । गुल्मीको एउटा गाउँमा नेपाली कांग्रेस निल भएको छ । पार्टी केन्द्रमा नेतृत्वको विवाद चलिरहेको समयमा गुल्मीमा भने नेकपाका नेता संगठन बलियो बनाउने अभियानमा जुटेका छन । आइतबार गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ नै निल हुने गरी कांग्रेसका नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन

नेकपा लुम्बिनी प्रदेश कमिटीका सदस्य बुद्धि जिसीका अनुसार आइतबार कांग्रेसको किल्ला भत्काएर एउटा वडामा सामान्य कार्यकर्ता समेत नरहनेगरी सबै नेकपामा प्रवेश गरेका छन । जिसीका अनुसार गाउँपालिकाको वडा नम्बर ७ मा रहेका तरूणदलका सभापति गोपाल भण्डारी, उपसभापति विष्णु भण्डारी, तरूण दलका क्षेत्रीय कोषाध्यक्ष टीकाराम भण्डारी लगायत १५० भन्दा बढी रहेका छन ।

र्यक्रममा सो वडाबाट युरोप, अमेरिका, जापान लगायत स्थानमा पुगेका नेपाली कांग्रेसका नेताहरू फेसबुक लाइभ मार्फत नेकपामा प्रवेश गरे । खानदानी कांग्रेसको रूपमा कहलिएका भण्डारीहरूको पाँच परिवार नै सबै नेकपामा प्रवेश गर्दा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल लागयतका नेताहरूले स्वागत गरे । अनलाइन सगरमाथाबाट

SHARE