दाङमा गुडिरहेको बसमा आगलागी

0
405

मंसिर २९,२०७७ दाङ :तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा गुडिरहेको यात्रुबहाक बसमा आगलागी भएको छ। ब्याट्री सर्ट हुँदा बसामा आगलागी भएको प्रहरीले बताएको छ।

तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा सोमबार बिहान पौने ६ बजे आगलागी भएको हो। आगलागीबाट मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

आगलागीबाट बस जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए।

SHARE