कपिलबस्तुमा लोहोराले हानेर फुपूको हत्या

0
348

मंसिर २८,२०७७ कपिलवस्तु : जिल्लाको शिवराज नगरपालिका ५ चन्द्रौटामा एक शनिबार राति एक महिलाको हत्या भएको छ। फुपू र भदो भाइबीच रक्सी खाएर झगडा हुँदा चन्द्रौटामा डेरा गरी बस्दै आएका दाङ सतवरियाकी ५१ वर्षीया सुशीला खडकाको लोहोरोले हानेर हत्या भएको हो।

मृतकको टाउको तथा अनुहारमा गहिरो चोट लागेको छ। प्रहरीले कुकुरको सहायताले हत्यारा पत्ता लगाएको थियो। प्रहरीले घटनास्थलको अवस्था हेर्दा सुशीलासँगै बस्ने मृतकको भदा भाइ तारणबहादुर खडकामाथि शंका गरेको थियो।

मृतकले तारणको आमा(बुबाको मृत्युपछि सानैदेखि पालन पोषण गर्दै आएकी थिइन्। दुवै जना मादक पदार्थ सेवन गरी पटक(पटक झगडा गर्ने गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले बताए।

SHARE