रुरुक्षेत्रका लागि थेग्नै नसक्ने बजेट : मन्त्री बराल

0
290

मंसिर २७,२०७७ गुल्मी : लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले रुरुक्षेत्रले थेग्नै नसक्ने गरी बजेटको ब्यबस्थापन गरेको बताए ।
शनिवार रुरुक्षेत्र गाउँपालिका वडा नं २ ग्वादीमा , ग्वादी माध्यमिक बिद्यालयको चारकोठे भवनको उद्घाटन र देउराली झोलुङ्गे पुलको शिलन्यास गर्दै मन्त्री बरालले यस्तो बताएका हुन् ।
प्रदेश सरकारले रुरुक्षेत्रका लागि थेग्नै नसक्ने गरी बजेटको ब्यबस्थापन गरेको भन्दै रुरुक्षेत्रको बिकासका लागि आफूले अझै पहल गरिरहने समेत उनले बताए ।
देउराली झोलुङगे पुल सडक पुर्वाधार बिकास कार्यालय गुल्मी र चन्द्रोदया निर्माण सेवा बझाङ बिच ५७ लाख ९७ हजार ९९९ रुपियाँमा (भ्याट बाहेक) २०७७ भदौ ३० गते सम्झैता भएको हो । उक्त सेवाले २०७८ मङसिर २८ गते कार्य सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ । ग्वादी माध्यमिक बिद्यालयको ४ कोठे भबन सामाजिक बिकास मन्त्रालयको ४० लाख आर्थिक सहयोगमा निर्माण भएको हो ।
मन्त्री बराल २ दिन गृह जिल्ला आफनो निर्वाचन क्षेत्रका बिभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको उनका स्वकीय सचिब यदु ज्ञवालीले जानकारी दिए ।

SHARE