मंसिर २६,२०७७ पाल्पा : पाल्पामा उपचारका लागि अस्पताल ल्याउँदै गर्दा एक जना कोरोना सङ्क्रमितको बाटोमै मृत्यु भएको छ । तिनाउ–६, का ४४ वर्षीय पुरुषको उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन ल्याउदै गर्दा शुक्रबार दिउँसो बाटोमै मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार मङ्सिर २३ गते ती पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित पुरुष घरमै आइसोलेसनमा आएका थिए ।
शुक्रबार एक्कासी श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको पन्थीले जानकारी दिए ।
योसंगै पाल्पामा कोरोना संक्रमितको मृत्यु हुने संख्या २७ पुगेको छ । बिहीबार मात्रै पाल्पाको पूर्वखोला गाउँपालिका–६, हेक्लाङ्का एक सङ्क्रमित पुरुषको होम आईसोलेसनमा मृत्यु भएको थियो ।