
मंसिर २६,२०७७ चितवन : चितवनको इच्छाकामना गाउँपालिका–६ जलवीरेमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जलवीरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चण्डीभञ्ज्याङबाट राजमार्गतर्फ आउने क्रममा शुक्रबार बिहान करिब ९स्५५ बजे ना४च ५०५० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
मृतकको नाम थर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएका छन्। अहिले घाइतेको उद्धार गरी थप उपचारका लागि भरतपुर पठाइएको छ।
उनका अनुसार सो बलेरो जिप अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत्को खम्बामा ठोक्किएको थिए। अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगी घटनाबारे थप जानकारी लिने काम भइरहेको प्रवक्ता थापाले बताए।







