पाल्पामा ‘होम आईसोलेसन’मा बसेका संक्रमितको मृत्यु

0
256

मंसिर २६,२०७७ पाल्पा : पाल्पामा हाम आइसोलशनमा बसेका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका –६ का ८७ वर्षीय संक्रमित पुरुषको बिहीबार दिउँसो २ बजे घरमै मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पुरुषमा मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी आफ्नै घरमै बसेिका थिए ।

पुरुषमा निमोनियाको समस्या रहेको थियो । योसंगै पाल्पामा कोरोना संक्रमितको मृत्यु हुने संख्या २६ पुगेको छ ।

SHARE