कपिलवस्तु नगरपालिकाको टिप्पर ग्यारेजमा अलपत्र

0
663
फाइल फोटो

मंसिर २६,२०७७ कपिलवस्तु : नगरपालिकाबाट भाडामा लगाउने गरी दिएको टिप्पर ४ वर्ष देखि ग्यारेज मै थन्किएको छ । नगरपालिकाको स्वामित्वमा रहेको लु १ क ३८५ नम्बरको टिप्पर ४ वर्ष अगाडी भाडामा लगाउने गरी लगिएको थियो । टिप्पर लगे लगत्तै विवाद भए पछि भाडा बापतको रकम फिर्ता गरिएको थियो । रकम फिर्ता गरे पनि मर्मतका लागी ठेकेदारले ग्यारेज पुराएको टिप्पर वर्षै देखी त्यही अलपत्र परेको छ ।

२०७३ माघ महिनामा नगरपालिकाले टेन्डर आह्वान गरी टिप्पर भाडामा लगाइएको थियो । कपिलवस्तु नगरपालिकाका निर्माण व्यवसायी बलराम तिवारीले डेढ वर्षका लागी ४ लाख ८० हजार रकम तिर्ने गरी टिप्पर भाडामा लिएका थिए ।
मासिक १ लाख भाडा पर्ने टिप्पर तिवारीले सेटिङ मिलाएर नगरपालिकाबाट भाडामा लिएको तौलिहवाका एक निर्माण व्यवसायीले बताए । नगरपालिकाले २ वर्ष देखी कर नतिरेको थाहा पाए पछि कर तिर्न आग्रह गरेका थिए ।
नगरपालिकाले कर बुझाउने विषयमा विवाद हुन लागे पछि भाडा रुद्ध गरिएको थियो । सम्झौता रद्द भए पछि तिवारीले भाडा स्वरूप जम्मा गरेको रकम फिर्ता गरिएको थियो ।

जिन्सीबाट प्रक्रिया पुरा नगरी लगिएको टिप्पर त्यसै दिनबाट अलपत्र परेको थियो । भाडा प्रक्रिया रद्द भए पनि टिप्पर भने तिवारीले उपयोग गर्दै आएका स्थानीय बताउँछन् । तिवारीले शिवराज नगरपालिकामा रहेको अच्छु ग्यारेजमा करिब ३ वर्ष अगाडी टिप्पर मर्मतका पुराएका थिए ।
‘ मैले नगरपालिकालाई भाडा तिर्ने गरी टिप्पर लिएको थिए । नगरपालिकाबाट लिए पछि मर्मतका लागि अच्छु ग्यारेजमा पुराएको थिए । नियमित रूपमा कर नतिरेको थाहा पाए पछि कर तिर्न आग्रह गरे ।
नगरपालिकाले कर तिर्नका लागी कुनै चासो दिएन । दुर्घटनाको जोखिम आफैलाई हुने देखियो । त्यस पछि नगरपालिकाले भाडा सम्झौता रद्द गरेको थियो । टिप्पर बनाउँदा ढाई लाख भन्दा बढी खर्च भएको छ । त्यो रकम समेत पाइएन । रकम नपाए पछि टिप्पर ग्यारेज मा छोडेको थिए ’, बलराम तिवारी बताउँछन् ।
नगरपालिकाका एक कर्मचारीका अनुसार भाडामा लगेका ठेकेदारले मर्मतको विल पेस गरे पछि विवाद भएको थियो । भाडामा लगाउनु हुने या नहुने भन्ने विषयमा अलमल भए पछि सम्झौता रद्द गरिएको थियो । कार्यालय प्रमुख फेरिए पछि टिप्पर भाडामा लगाउने विषय अन्यौलता भएको थियो । कार्यपालिका बैठकमा पटक पटक कुरा चले पनि चन्द्रौटा अलपत्र रहेको टिप्पर ल्याउन पहल भएको थिएन । ग्यारेज सञ्चालकका अनुसार टिप्पर मर्मतका लागी डेढ लाख बढी खर्च भएको बताए ।

SHARE