मुसिकोटमा सालिमे स्मार्ट कृषि गाउँ मौरी पकेट क्षेत्रको उद्धघाटन

0
512

सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिका वडा नं ८ र ९ मा सालिमे स्मार्ट कृषि गाउँ मौरी पकेट क्षेत्रको उद्धघाटन गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य खड्क केसीले कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

स्मार्ट कषि कार्यक्रम अन्तर्गत प्रदेश सरकारको ५० लाख र मुसिकोट नगरपालिकाको १० लाख बजेटमा वडा नं ८ मा मौरी पकेट कार्यक्रम लागु भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सांसद केसीले कृषिको क्षेत्रमा प्रदेश सगैं स्थानीय सरकारले विभिन्न कार्यक्रम ल्याएको भन्दै रोजगारीको अवसर खोजेर भौँतारिँनु भन्दा पनि ढुक्क भएर कृषि पेशामा लगानी गर्न आग्रह गर्नुभयो ।

त्यस्तै उहाँले यस कार्यक्रमले यस क्षेत्रका कृषकहरुको आयआर्जनमा वृद्धिमात्रै नगरी मुसिकोट नगरपालिकालाई महमा आत्मनिर्भर बनाउन समेत उल्लेख्य भुमिका खेल्ने बताउनुभयो । मुसिकोट नगरपालिका वडा नं ८ र ९ मा मौरीपालनको सम्भाव्यता रहेकाले उक्त क्षेत्रका कृषकहरुलाई मौरी पालनमा आकर्षित गरी कृषकको जीवनस्तर सुधार गर्दै आयस्तर वृद्धि गर्ने उद्धेश्यका साथ पकेट क्षेत्र घोषणा गरिएको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रम अनुसार मौरी पालनमा कृषकहरुलाई आकर्षित गर्न विभिन्न अनुदान सगैं तालिम र विउ वितरण पनि नगरपालिका मार्फत गरिने उहाँले बताउनुभयो । साथै सोही अवसर पारेर समुहमा आबद्ध वडा नं ८ र ९ का ५० जना कृषकलाई प्रति व्यक्ति २ वटा घार र ५ वटा मह मदानी र एउटा आधार चाका बनाउने मेसिन समेत निशुल्क रुपमा वितरण गरिएको मुसिकोट नगरपालिका कृषि शाखाले जानकारी दिएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य खड्क केसीको प्रमुख आतिथ्यता एवम् नगरप्रमुख सोमनाथ सापकोटा, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख सन बहादुर राना, अधिकृत हरि आचार्य, मुसिकौट वडा नं ८ का वडाध्यक्ष नारायण सापकोटा, ९ का वडाध्यक्ष नरेशराज खरेल, वडा नं ३ का वडाध्यक्ष कणर्ध्वज जिसी, ४ का वडाध्यक्ष ओम बहादुर केसी, मुसिकोट नगरपालिका कृषि शाखा प्रमुख जनक पौडेल, स्वास्थ्य शाखा प्रमुख डिबी जिसी लगायतको उपस्थिति रहेको थियो ।

SHARE