
डिबी खडका
२४ मंसिर, गुल्मी : गुल्मीमा एक विपन्न तथा असहाय युवतीमाथि सामुहिक बलात्कारको आरोपमा तीन जना पक्राउ परेका छन् ।
जिल्लाको मालिका गाउँपालिका (२ की अन्दाजी २० वर्षीया युवतीमाथि जबर्जस्ती करणीमा सोहि गाउँपालिका वडा नम्बर पाँचका तीन जना पुरुष पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा २६ वर्षीय मोहन कार्की, ४५ वर्षीय जिवा गिरि र १८ वर्षीय गोकर्ण घर्ती रहेको जिल्लामा प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मंगलबार साँझ तिनै जनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय गुल्मीको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सोमबार साँझ छिमेकी स्थानीय तह इस्मा गाउँपालिकाबाट आफ्नो घर मालिका गाउँपालिका (२ दर्लिङ जादै गर्दा मालिका गाउँपालिका (४ अर्खबाङको सैरेपोखरामा युवतीमाथि बलात्कारको प्रयास भएको बुझिएको छ ।






