
मंसिर २४,२०७७ पाल्पा : नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीे यतिबेला गहिरो सङ्कटमा रहेको बताएका छन्
। नेकपा पाल्पा प्रचारप्रसार तथा प्रकाशन विभागले प्रकाशन गरेको सूर्य बुलेटिन वितरण समारोहमा बोल्दै उनले पार्टीभित्र देखिएको मतभेद अन्त्य हुनेमा आफू विस्वस्त रहेको बताए ।
अहिले पार्टीभित्र देखिएको समस्या स्थायी कमिटीसम्म आइपुगेको बताउँदै स्थायी कमिटीको बैठक समस्या समाधानतर्फ जाने उल्लेख गरे ।






