सरकारले गरेका राम्रा कामहरु देख्न नसक्नेले केही भएन भनेर हल्ला मच्चाए : मुख्यमन्त्री पोखरेल

0
659

मंसिर २३,२०७ गुल्मी :लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेले देशमा कम्युनिष्ट पार्टी (नेकपा)को सरकार आइसकेपछि बिकास निर्माणका कामहरुले फड्को मारेको दाबी गरका छन् ।
रुरु धार्मिक तथा पर्यटकिय क्षेत्र रिडी धाममा रिडी खोला तथा कालीगण्डकी नदी नियन्त्रण आयोजनाको मंगलबार शिलन्यास गर्दै मन्त्री पोखरेले राम्रा कामहरु देख्न नसक्नेले केही भएन भनेर हल्ला मच्चाएको आरोप लगाए । सरकारले गरेका राम्रा कामहरुलाई उल्लेख पनि गर्न नचाहने केही शक्तिहरु लागेको भन्दै तथ्यमा आधारित भएर बोल्न समेत उनले आग्रह गरे ।
प्रदेश सरकार प्रदेशका नागरिकहरुलाई समृद्ध बनाउन लागि परेको भन्दै प्रदेशले बिभिन्न योजनाहरु बनाएको बताए ।प्रदेश सरकारले ब्यबसायीक रुपमा उद्यम गर्नेहरुका लागि बैंकको ब्याजमा अनुदान दिने योजना ल्याएको बताए । त्यसका लागि दीर्घकालिन रुपमा ब्यबसाय गर्न पनि प्रदेशका नागरिकहरुलाई उनले आग्रह गरे ।
यस्तै लुम्बिनी प्रदेशका उद्योग ,पर्यटन बन तथा बातावरण मन्त्री लीला गिरीले पर्यटन क्षेत्रको बिकासका लागि प्रदेश सरकार साथमै रहेको बताए ।
केन्द्र सरकार र प्रदेश सरकारको समपुरक कोशमार्फत आर्थिक बर्ष २०७६ । ७७ मा बोलपत्र गरी ३४ करोड २० लाख ६० हजार ६३९ रुपैयाँ ६९ पैसामा भू तथा जलाधार ब्यबस्थापन कार्यालय पाल्पा र सगुन शर्मा जेभी बुटवल बिच सम्झौता भएको हो । २०७७ जेठ ११ गते सम्झौता भई २०७९ साल मङसिर १० गते भित्रै कार्य सम्पन्न गर्नुपर्नेछ । नदी क्षेत्रमा कुल २ हजार ८२० मिटर लम्बाई , सात मिटर उचाई रहेको आरसिसी टेवा पर्खाल निर्माण गरिने छ भने ऋषिकेश मन्दिर क्षेत्रमा २८८ मिटरको सिँढी (प्याराफिट ) निर्माण गरिनेछ ।
कार्यक्रममा पाल्पा र गुल्मी क्षेत्रका जनप्रतिनिधि , राजनीतक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

SHARE