वडाध्यक्ष मगरको मृत्यु

0
255

मंसिर २१,२०७७ उदयपुर : चौदण्डीगढी नगरपालिका–८ सिद्धिपुरका वडाध्यक्ष श्यामकुमार मगरको मृत्यु भएको छ।

उनमा निमोनिया र फोक्सोको समस्या थियो। एक महिनादेखि विराटनगरको नोबेल अस्पतालमा उपचाररत थिए। आइतबार साढे ५ बजे नोबेलमै उनको मृत्यु भएको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले जानकारीले दिए।

नगरप्रमुख राईका अनुसार मगरलाई कोरोना लागेर निको भएको थियो। उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

SHARE