दोलखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु

0
353

मंसिर २१,२०७७ दोलखा : दोलखाको विगु गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

गाउँपालिकाको वडा नम्बर(५ चिलंखा स्थित लाइसेन्स भन्ने स्थानमा बा २० च ४३७३ नम्बरको निजी बोलेरो दुर्घटना हुँदा गौरीशंकर गाउँपालिका वडा नम्बर( ८ खारेका २४ वर्षीय सुबिन तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ ।

विगु गाँउपालिकाको ठोक्रेबाट सिंगटी आउने क्रममा आइतबार बिहान ६ः३० बजेको समयमा सडकबाट करिब एक सय ५० मिटर तल खसेर दुर्घटना भएको छ। बोलेरोमा सवार कमला तमाङ भने सामान्य घाइते भएको र सिंगटी स्थित रोल्वालिङ सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

SHARE