दुवै पद नछाड्ने प्रधानमन्त्री ओलीको अडान

0
379

मंसिर २०,२०७७ काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनसम्म अध्यक्ष र अर्को निर्वाचनसम्म प्रधानमन्त्रीको पद नछाड्ने भएका छन् । ‘

ओलीको असहमतिबीच स्थायी कमिटीको बैठक राखिएको भन्दै त्यहीकारण उनी उपस्थित हुने नहुने भन्ने अनिश्चित छ। उनले बैठकको निश्चित एजेण्डा समेत नभएको बताएका छन् ।

अध्यक्ष दाहालसहित बहुमत सदस्यले पार्टीभित्रको विवाद समाधानका लागि भन्दै स्थायी कमिटीमा छलफल गर्नुपर्ने अडान राखेका छन्। त्यही अनुसार भोलिका लागि पूर्वनिर्धारित समयमै बैठक बोलाइएको बताइएको छ।

अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक राख्न प्रधानमन्त्री ओलीलाई दबाव दिइरहेका छन्।

SHARE