आफैँले हुर्काएको काठ काट्न पाउनुपर्ने गुल्मीका किसानहरुको माग

0
376

तिलाचन पाण्डे
मंसिर २०,२०७७ गुल्मी : गुल्मी छत्रकोट गाउँपालिका ५ का प्रकाश घिमिरेको खरबारीमा सालका रुख छन् तर उनले आफूले चाहेको समयमा रुख काटन र बेच्न नपाएको गुनासो गरे ।
उनले आफूले हुर्काएका सालका रुख काट्न र बेच्न किन नपाइने भन्दै यसलाई खुलाउन माग गरे । पारिवारिक निजी बन संघ नेपाल गुल्मीले आयोजना गरेको जिल्ला स्तरिय संबाद कार्यक्रम तथा बिस्तारित बैठकमा उनले यस्तो बताएका हुन् ।
यस्तै रेसुंगा नगरपालिकामा ब्यबसाय गर्दै आएका भेषराज कंडेलले सरकारलाई निश्चित कर तिरेरै भए पनि सालका रुखहरु काट्न र आफुले चाहेको समयमा बेच्न पाउनु पर्ने बताए । जग्गाको लालपुर्जा छ , तिरो पनि तिर्छौ तर त्यही जग्गामा भएको सालको रुख काट्न र बेच्न नपाइने भन्दै यसलाई खुल्ला गर्नुपर्ने सहभागीहरुले बताएका छन् ।
सहभागीहरुले सामुदायिक बनहरुले रुख काट्न पाउने तर निजी बनमा रहेका काठहरु किन काटन नपाइने भन्दै प्रश्न समेत गरेका थिए । सामुदायिक बनहरुमा बैज्ञानिक बन ब्यबस्थापन भन्दै यो त्यो बाहानमा रुख काट्ने र बेच्ने गर्ने तर नीजिलाई किन बिभेद भन्दै उनीहरुले आक्रोश पोखेका थिए ।
सरकारलाई बाध्य पार्छौ :केन्दिय उपाध्यक्ष
यता पारिवारिक निजी बनका केन्द्रिय उपाध्यक्ष मेघराज भुसालले निजी बनका रुखहरु वीना झन्झट काट्न र बेच्न पाउनुपर्ने दाबी गरे । उनले बनमा हुने कालिज , बदेललाई पाल्न र खान फूकुवा गर्ने तर आफना रुखहरु काट्न र बेच्न नपाइने भन्दै सबैले सरकारलाई दवाब दिनुपर्ने बताए ।
सबैले दवाब सृजना गरेपछि सरकार पनि बाध्य भएर फुकुवा गर्नेमा आफूहरु ढुक्क भएको उनले बताए ।
समन्वय गछौं : प्रदेश सांसद
लुम्बिनी प्रदेशका सांसद दिनेश पन्थीले स्थानीय स्तरमा आएका समस्याहरुलाई समाधान गर्नका आगि आफूले पहल गर्ने बताए । आफूहरु जनताको प्रतिनिधि भएकाले जनताको समस्यालाई निराकरण गर्नका लागि प्रदेशमा समन्वय गर्ने बताए ।

SHARE