गाँजालाई खेती गर्ने बाटो खुल्यो

0
1618

मंसिर १८,२०७७ काठमाडौँ : संयुक्त राष्ट्र संघको लागू औषधि सम्बन्धी नियोगले गाँजा र गाँजाबाट बन्ने वस्तुलाई पुनःभाषित गरेको छ । अत्यन्त प्राणघातक लागू औषधको वर्गीकरणमा रहेको गाँजालाई उक्त सूचीबाट हटाउँदै औषधिजन्य प्रयोजन र रोगको उपचारमा प्रयोग गर्न आवश्यक नियमन गर्न सम्बन्धित देशहरुका लागि बाटो खुला गरिएको हो । सो नियोगको सदस्यमा नेपाल पनि छ ।
सन् १९६१ देखि खेती गर्न, ओसारप्रसार र सेवन गर्न प्रतिबन्ध लगाइएको गाँजाबारे आयोगका ५३ सदस्यमध्ये २७ जनाले उक्त प्रतिबन्धबाट फुकुवा गर्न मतदान गरेका थिए । उक्त निर्वाचनमा २५ जनाले विरोध गर्नुको साथै एकजना अनुपस्थित रहेको बताइएको छ ।

करिब ५९ वर्षसम्म गाँजालाई उपचार पद्धतिमा प्रयोग गर्न समेत कडा रुपमा प्रतिबन्ध लगाइएको थियो ।

गैरऔषधीय गुण भएका जडीबुटीको प्रयोगले युवाको स्वास्थ्य र सामाजिक सम्बन्धमा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै जापानले यस्को विरोध गरेको छ

SHARE