
मंसिर १७,२०७७
सल्यान : सल्यानमा यात्रुवाहक बस दुर्घटनामा घाइते हुनेको संख्या २५ पुगेको छ। नेपालगञ्जबाट रुकुम चौरजहारी जाँदै गरेको ना ४ ख ६७१५ नम्बरको बस जिल्लाको कुमाख गाउँपालिका(१, खारखोलामा बुधबार साँझ दुर्घटना भएको थियो।
दुर्घटनामा परि घाइते भएका १५ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने १० जनाको रुकुम चौरजहारीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिएका छन्। उनका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ।
घाइते हुनेमा बाँके कोहलपुर नगरपालिका(१२ का ३७ वर्षीया प्रेरणा कुमाई, रुकुम चौरजहारी नगरपालिका(८ का १८ वर्षीया सुनिता बुढाथोकी, सोही ठाउँकी ३२ वर्षीया पुनम विष्ट, ७२ वर्षीय नरक बुढा ६५ वर्षीया दुर्गा बुढा, कुमाख गाउँपालिका(१ का ३५ मान बहादुर बुढाथोकी र वडा नम्बर ४ की २८ वर्षीया कौशिला बस्नेत रहेका छन्।

यस्तै कुमाख गाउँपालिका ४ की ४० वर्षीया देवी बुढाथोकी, ७० वर्षीया डम्मरकुमारी बुढाथोकी, ५० वर्षीया छायाँ शाही, १३ वर्षका उत्तम विसी, वडा नम्बर ५ की ४५ वर्षीया लालमती कुमाई, रुकुम चौरजहारी नगरपालिका १ की ३८ वर्षीया साहुनी गोसाई, ४० वर्षका खड्कबहादुर गोसाई, ३६ वर्षीया गौशिला गोसाई र ६७ वर्षीया धनकला गोसाई रहेका छन्।
कुमाख गाउँपालिका १ का १५ वर्षीय नीमबहादुर बुढाथोकी, १२ वर्षकी गीता विक, सल्यान बागचौर नगरपालिका(५ का ५३ वर्षीय प्रेम बहादुर पुन, ५० वर्षीया विर्मी पुन, कुमाख गाउँपालिका ४ का ११ वर्षीय सन्तोष बस्नेत, वडा न ५ की ६० वर्षीया तुल्सा शाही, ४४ वर्षका तेजबहादुर राना र ५८ वर्षीया टीकाकुमारी चन्द घाइते भएका जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
फरार रहेको गाडी चालक र सहचालकको खोजीकार्य भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






