पक्राउ परेको ६ घण्टामा रिहा भए रामचन्द्र पौडेल

0
752

मंसिर १७,२०७७

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन्। पक्राउ गरेको करिब ६ घण्टापछि पौडेललाई जिल्ला प्रहरी कार्यालय तनहुँले रिहा गरेको हो।

उनलाई प्रहरीले तनहुँको व्यास नगरपालिका(१ तालघरेबाट नियन्त्रणमा लिएको थियो। रिहा भएपछि कार्यकर्तालाई सम्बोधन गर्दै पौडेलले केपी ओली नेतृत्वको सरकारले शक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका छन्।

SHARE