कोरोना भाइरसविरुद्धको भ्याक्सिन आयो

0
374

मंसिर १८७,२०७७
लण्डन : बेलायत कोरोना भाइरसविरुद्धको भ्याक्सिनलाई अनुमति दिने पहिलो मुलुक भएको छ। तीन चरणको परीक्षणपछि बेलायतमा कोरोनाविरुद्धको भ्याक्सिनले मान्यता पाएको हो।

बेलायतले अमेरिकी फार्मा कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकले बनाएको कोरोनाविरुद्धको भ्याक्सिनलाई बुधबार अनुमति दिएको हो। यो भ्याक्सिन क्रिसमस भन्दा अगाडि नै करिब ८ लाख जना ब्रिटेनबासीलाई लगाइने भएको छ।

विश्‍वभर अहिले २१२ वटा भ्याक्सिन निर्माणको काम चलिरहेको छ। चीनले पहिलो चरणको परीक्षणअघि नै चारवटा भ्याक्सिन र रूसले तेस्रो चरणको परीक्षणअघि नै दुई भ्याक्सिनलाई अनुमति दिएको थियो।

दुवै देशमा भ्याक्सिन लगाउने क्रम सुरु भइसकेको छ। तर तीन चरणको परीक्षणपछि विश्‍वमा अहिलेसम्म कुनै पनि भ्याक्सिनलाई अनुमति मिलेको थिएन। यसैकारण फाइजर पहिलो यस्तो भ्याक्सिन भएको छ जसले तीन चरणकै परीक्षणपछि सरकारबाट अनुमति पाएको छ।

SHARE