मंगलबार कोरोनाबाट २१ को मृत्यु

0
375

मंसिर १६,२०७७ काठमाडौं :मंगलबार नेपालमा थप १३ सय ४ जना कोरोना संक्रमित थपिएका छन्। त्यस्तै देशभर दुई हजार ७३ जना संक्रमित कोरोनामुक्त भएका छन्। हाल देशभर १५ हजार ३ सय २९ जना सक्रिय संक्रमित छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप २१ संक्रममितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्‍यु हुनेको कुल संख्या १५ सय २९ पुगेको छ।

SHARE