
मंसिर १५,२०७७
काठमाडौं : तेजावी सुनको तोलामा ७ सय र चाँदी ३० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुन र चाँदीको भाउ ६ सय रुपैयाले घटेको थियो भने चाँदी १५ रुपैयाँले घटेको थियो।
महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ७ सयमा किनबेच भएको छापावाल सुनको भाउ ९० हजार रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजावी सुनको भाउ तोलाको ८९ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ।






