देशमा अस्थिरता चाहने केही शक्तिहरु सल्बलाए : मन्त्री ज्ञवाली

0
661

तिलाचन पाण्डे
मंसिर १५,२०७७ गुल्मी :
नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशमा अस्थिरता चाहने केही शक्तिहरु सल्बलाएको बताएका छन् । गृह जिल्ला गुल्मीमा रहेका मन्त्री ज्ञवालीले सत्यवती गाउँपालिकाका बिभिन्न कार्यक्रममा बोल्दैे यस्तो बताएका हुन् ।
देशमा धेरै समय पछि राजनीतिक स्थायीत्व र बिकास देख्न नसक्ने शक्तिहरुले सरकार परिबर्तनको हल्ला मच्चाएको भन्दै कुनै पनि हालतमा सरकार परिवर्तन नहुने बताए । बर्तमान सरकारले जनमुखी कामहरु गर्दै आएको दाबी गर्दैै उनले केका लागि सरकार परिबर्तन भन्दै प्रश्न समेत गरे ।
राष्ट्रियताको पक्षमा दरिलो गरी उभिदा , भ्रष्टा«चार नियन्त्रण गर्दा ,जनताको घरघरमा खानेपानीका धारा आउँदा , जनताका खरका छाना हटाई जस्तापाता लगाउँदा र जनमुखी कामहरु गर्दा सरकार परिबर्तन गर्नुपर्ने भन्दै हल्ला मच्चाउनेहरुको पछाडी नलाग्न उनले आग्रह गरे ।
पछिल्लो समय पार्टीमा देखिएको बिबाद छलफल र बैठकको माध्यमबाट समाधान हुने उनले बताए । ठुलो परिवारमा कहिले काँही बिबादहरु सृजना हुने भन्दै त्यी समस्याहरु छलफल र बैठकका माध्यमबाट समाधान हुने बताए ।
जनताको मतलाई कदर नगरे अपमान हुन्छ
निर्वाचनको समयमा जनतासंग गरेका प्रतिबद्धताहरुलाई पुरा गर्ने भन्दै जनताको मतलाई कदर गर्ने बताए ।
निर्वाचनको समयमा जनताहरुसंग हामीहरुलाई मत दिनुहोस ,हामी राजनीतिक स्थायीत्व र बिकास गर्छौ भनेर गरेका प्रतिबद्धताहरुलाई पुरा नगरे जनताको मतको अपमान हुने उनले बताए ।
त्यसैले नेकपाको नेतृत्वमै स्थिर सरकार रहने र देशमा सुखी नेपाली र समृद्ध नेपाल पनि नेकपाकै नेतृत्वमा आउने उनले दाबी गरे ।
यस्तै गुल्मेली जनताहरुले दिएको मतलाई कदर गर्दै जिल्ला र देशको शिर कहिल्यै झुक्न नदिने गरी काम गर्ने उनले बताए ।

SHARE