
मंसिर १३,२०७७ काठमाडौं : नेपालमा थप १३ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। त्यस्तै, देशभर ५ सय १५ जना संक्रमित कोरोनामुक्त भएका छन्। हाल देशभरमा १८ हजार ८३ जना सक्रिय संक्रमितहरू छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप १९ संक्रममितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरूको कुल संख्या १४ सय ५४ पुगेको छ।






