कम्युनिष्ट पार्टीको बिबादमा घिउँ नराख्न नेता तथा कार्यकर्ताहरुलाई मन्त्री ज्ञवालीको आग्रह

0
639

तिलाचन पाण्डे
गुल्मी ।
नेपाल सरकारका परराष्ट्रमन्त्री तथा नेकपा स्थायी कमिटि सदस्य प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टीको बिबादमा घिउँ नराख्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
गुल्मीमा नेपाल कम्युनिष्ट पार्टीका नेता बोमबहादुर खड्काको १२ औ दिनको शोक सभामा बोन्दै मन्त्री ज्ञवालीले यस्तो बताउनु भएको हो । पार्टीमा देखिएको बिबाद बैठकको माध्यमबाट समाधान हुने मन्त्री ज्ञवालीले दाबी गर्नुभयो । नेता तथा कार्यकर्ताहरुलाई अनाबश्यक रुपमा फेसबुक र सामाजिक संजालहरुमा पोष्ट नगर्न आग्रह गर्दै सके बिबादमा पानी राख्न र नसेको घिउँ नराख्न उहाँले आग्रह गर्नुुृभयो ।
देशमा नेकपाको स्थिर सरकार निर्माण भइसकेपछी बिकास निर्माणले काँचुली फेरेको उहाँको दाबी छ । नेपाल सरकारले मङसिर १५ गते ३९६ स्थानीय तहमा ५ देखी १५ सैया सम्मको हस्पिटको एकै साथ शिलन्यास गर्नै भन्दै जनताको स्वास्थ्य प्रति सरकार गम्भीर रहेको बताउनुभयो ।
सीमित नेताले चाहादैमा पार्टी बिभाजन हुदैन :पुर्व मन्त्री बिष्ट
यस्तै स्थायी कमिटी सदस्य ,पुर्व मन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसंद गोकर्ण बिष्टले पार्टी एकता देख्न नचाहने केही शक्तिहरु लागेको बताउनुभयो । उहाँले जनताको मतलाई कदर गर्दै कुनै हालतमा नेकपा पार्टी बिभाजन नहुने र एकताबद्ध भएर अगाडी बड्ने दाबी गर्नुभयो । कुनै सीमित नेताहरुको चाहानामा पार्टी बिभाजन नहुने भन्दै उहाँले पार्टी एक ढिक्का भएर अगाडी बड्ने बताउनुभयो ।
यस्तै लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले नेता बोम खडकाले देखेका सपनाहरु, बिकास निर्माणका बाँकी कामहरु पुरा गर्नुपर्नेमा जोड दिनुभयो । शोक सभामा बोल्ने बत्ताहरुले बोम खडका पार्टीको एक असल रणनीतिकार , परिपक्व नेता र संयोजनकारी नेता भएको चर्चा गर्नुभएको थियो ।
खड्काको ५४ बर्षको उमेरमा मङसिर १ गते निधन भएको थियो । खड्का हाल नेक लुम्बिनी प्रदेश सचिवालय सदस्य हुनुहुन्थ्यो ।

SHARE