मंसिर १३,२०७७
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ।
सन्दीपले सामाजिक संजालमा आफूलाई कोरोना संक्रमण भएको बताएका हुन्। बुधबारदेखि शरीर दुखेपछि परीक्षण गर्दा आफूमा संक्रमण पुष्टि भएको उनले बताएका छन्।