भ्रष्ट्रचारीहरुलाई पाता फर्काएर जेल हाल्छौँ :मन्त्री ज्ञवाली

0
671

मंसिर १२, २०७७ गुल्मी : नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भ्रष्ट्रचारीहरुलाई पाता फर्काएर जेल हाल्ने बताएका छन् ।
शुक्रबार गुल्मीमा नेपाल कम्युनिष्ट पार्टीका नेता बोमबहादुर खड्काको १२ औ दिनको शोक सभामा बोन्दै मन्त्री ज्ञवालीले यस्तो बताएका ह्न । बर्तमान सरकारले भ्रष्ट्रचार गर्ने आफना वा अरु जो कोहीलाई पनि जेल हाल्ने चेतावनी दिए ।
बर्तमान सरकारले भ्रष्ट्रचारीहरुलाई कारबाही गरेको देखेर देशमा भ्रष्ट्रचारीहरु अताल्लिएको बताए । सुनकाण्ड , ललिता निवास काण्ड होस या भ्याट छली गर्ने काण्डहरुको उदाहरण दिदै मन्त्री ज्ञवालीले ठुला ठुला ब्याक्तिहरु पनि जेलमा रहेको बताउँदै नेकपा , काँग्रेस , राप्रपा जो भएपनि नछाड्ने दाबी गरे ।

अर्को एक फरक प्रसंगमा पार्टीमा देखिएको बिबाद बैठकको माध्यमबाट समाधान हुने दाबी गरे । नेता तथा कार्यकर्ताहरुलाई अनाबश्यक रुपमा फेसबुक र सामाजिक संजालहरु नरङ्ग्याउन आग्रह गर्दै सके बिबादमा पानी राख्न र नसेको घ्यू नराख्न आग्रह गरे ।
यस्तै पुर्व मन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसंद गोकर्ण बिष्टले कुनै सीमित नेताहरुको चाहानामा पार्टी बिभाजन नहुने भन्दै पार्टी एक ढिक्का भएर अगाडी बड्ने बताए ।
यस्तै लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले नेता बोम खडकाले देखेका सपनाहरु, बिकास निर्माणका बाँकी कामहरु पुरा गर्नुपर्नेमा जोड दिए । शोक सभामा बोल्ने बत्ताहरुले बोम खडका पार्टीको एक असल रणनीतिकार , परिपक्व नेता र संयोजनकारी नेता भएको चर्चा गरेका थिए ।

SHARE