गुल्मीमा जीप दुर्घटना पाँच जनाको मृत्यु ,तीन जना घाइते

0
468

मंसिर १२ गुल्मी :

मंसिर १२ गुल्मी : गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
जिल्लाको इश्मा गाउँपालिका वडा नं ४ हुलबाट तम्घास तर्फ आउँदै गरेको लु १ ज ११६६ नंम्बरको जीप दुर्घटना हुँदा ५ जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा वडा नं ४ का ६५ बर्षका डम्मब बहादुर धिताल , ३३ का चिबबहादुर दर्लामी , ३० बर्षको बशन्त दर्लामी , ३३ बर्षको धनबहादुर अछामी, मालिका ५ का बर्ष ८०की सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइतेहरुमा वडा नं ४ का १९ बर्षका फर्सुराम थापा , २८ बर्षकी सररस्वती दर्लामी र २६ का कमल धिताङ रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रबिणलाल श्रेष्ठले जानकारी दिए । घाइतेहरुलाई तम्घास ल्याइदै गरेको प्रहरीले जनाएको छ ।
जिप सडक देखि अनियन्त्रीत भइ चार सय मिटर तल खसेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

SHARE