
मंसिर ११,२०७७ काठमाडौँ : नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको मृत्यु भएसँगै नेपालमा हालमसम्म कोरोनाबाट मृत्यु हुनेहरूको संख्या १४ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशका विभिन्न ल्याबहरूमा गरिएको पिसिआर परीक्षणमा थप १६ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।











