लुम्बिनी प्रादेशिक अस्पतालमा दुई संक्रमितको मृत्यु

0
478

मंसिर ११,२०७७ रुपन्देही : लुम्बिनी प्रादेशिक अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ। रुपन्देही, बुटवल उपमहानगरपालिका(९ की ८५ वर्षीय महिला र अर्घाखाँची,पाणिनी गाउँपालिका(५ का ७५ वर्षीय पुरुषको मृत्यु भएको हो।

८५ वर्षीय महिलालाई १४ गते कोरोना पुष्टि भएको थियो। ज्वरो, निमोनिया, श्वासप्रश्वासमा समस्या आएपछि २८ गते अस्पताल भर्ना भएकी थिइन्। उनको आज बिहान पौने ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

त्यसैगरी, अर्घाखाँचीका ७५ वर्षीय पुरुषलाई ४ गते कोरोना पुष्टि भइ सोही दिन अस्पताल भर्ना भएका थिए। उनको आज बिहान सबा ६ बजे मृत्यु भएको हो।

SHARE