उपराष्ट्रपति परमानन्द झाले घोषण गरेको खुल्ला दिशामुक्त जिल्लाको मूख्य सडकमै शौच

0
572

तिलाचन पाण्डे
मंसिर ११,२०७७ गुल्मी ;
गुल्मी जिल्लालाई २०७२ साल असार २६ गते तत्कालिन उपराष्ट्रपति परमानन्द झाले तामझामका साथ खुल्ला दिशामुक्त जिल्ला घोषण गरे ।
जिल्ला खुल्ला दिशामुक्त भएपनि तम्घासका मुख्य सडकमै खुल्ला रुपमा शौच गर्ने गरेको पाइएको छ । सदरमुकाम तम्घासको मूख्य स्थानमै सार्वजनिक शौचालय नहुनु र भएको शौचालय पनि प्रयोगमा नआउँनु दुःखद भएको बताउछन् नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डे ।
तत्कालिन जिल्ला बिकास समितिको आर्थिक सहयोगमा निर्माण भएको शहीद चोकको शौचालय करिब ५ बर्षदेखि प्रयोगमा छैन । सो शौचालय प्रयोगमा नहुँदा तम्घासको मुख्य स्थान बालमन्दिर अगाडी दूई जना युवाहरुले दिउँसै शौच गरेको पाइएको छ । गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको जिल्ला प्रशासन कार्यालय , जिल्ला समन्वय समिति र जिल्ला अदालत नजिकै रहेको स्थानको मुख्य सडकमै यसरी शौच गर्नुु लज्जास्पद भएको स्थानीयहरुले बताएका छन् ।
यता रेसुंगा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले सो सार्वजनिक शौचालयलाई प्रयोगमा ल्याउने दाबी गरे । बसपार्क , अर्घाखाँची जीपपार्क र भगवती मन्दिरमा रहेको सार्वजनिक शौचालयहरु प्रयोगमा आइरहेका छन् । उनले जिल्ला प्रशासनको आसपासमा रहेको शहीद चोकको शौचालयलाई प्रयोगमा ल्याउने र अन्य सार्बजनिक शौचालय निर्माण गर्नका लागि जग्गा नभएको समेत बताए ।
शहीद चोकमा रहेको सार्वजनिक शौचालयलाई अबिलम्ब प्रयोगमा ल्याउने र बाहिर शौच गर्नेलाई कारवाही गरिने भुसालले दाबी गरे ।

SHARE