जिउँदो सालकसहित २ जना पक्राउ

0
456

मंसिर १०,२०७७ काडमाडौँ : जिउँदो सालकसहित भक्तपुर प्रहरीले मध्यपुर थिमि १ लोकन्थलीबाट बुधबार दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धादिङ शितली गाउँपालिका–३, झार्लाङदी घर भई हाल काठमाण्डौं महानगरपालिका–२६ कपुरधारा बस्ने २७ वर्षीय ध्रुवबहादुर मगर र धादिङ शितली गाउँपालिका–३, झार्लाङदी घर भई हाल काठमाण्डौं महानगरपालिका–२६ लैनचौर बस्ने ३१ वर्षीय भीमबहादुर मगर छन्। अनुसन्धानको क्रममा भीमबहादुर सशस्त्र प्रहरीमा कार्यरत रहेको समेत बुझिएको छ।

उनीहरुलाई युरिया मलको सेतो बोरामा सालक बोकी हिँडिरहेको अवस्थामा लोकन्थलीबाट महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुदन के।सी। नेतृत्वको टोलीले पक्राउ गरेको हो।

लोकन्थलीमा दुई जना व्यक्तिले जिउँदो सालक बोकी हिँडीरहेको भन्ने विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा उनीहरु पक्राउ परेको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताए।

SHARE