
मंसिर १०,२०७७ कास्की : गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ७१ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
बाग्लुङमा ७, गोरखामा ३, कास्कीमा ३६, लमजुङ २, तनहुँ ४, स्याङजा ४, पर्वत ५ र नवलपरासी पूर्वमा १० जनामा कोरोना पुष्टि भएको हो। योसँगै गण्डकी प्रदेशमा कोभिड संक्रमितको संख्या ११ हजार ३ सय ८५ पुगेको छ।






