बागलुङमा सवारी दुर्घटना, एकको मृत्यु

0
253

मंसिर १०,२०७७

बागलुङ :जिल्लाको ढोरपाटन नगरपालिका–२ मा दुई सवारी दुर्घटना भएका छन्। मंगलबार राति आधा घण्टाको अन्तरमा पिकअप जिप र ट्याक्सी दुर्घटना भएका हुन्। दुर्घटनामा ट्याक्सी चालक बडिगाड गाउँपालिका–९ का २२ वर्षीय नहकुल केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए।

उनका अनुसार भीमगिठेबाट बुर्तिबाङका लागि जाँदै गरेको लु२च ९१९९ नम्बरको पिकअप र ध१ज ५४२ नम्बरको ट्याक्सी ढोरपाटन नगरपालिका(२ तुरतुरे तालनजिक दुर्घटना भएका हुन्।

SHARE