घाँटीमा ढु‌ंगा अड्किँदा १६ महिने बालकको मृत्यु

0
373

मंसिर १०,२०७७

कञ्चनपुर : घाँटीमा ढुंगा अड्किँदा बेदकोट नगरपालिका–९ सुन्दरपुरका भुपेन्द्र भट्टका १६ महिने छोरा साकारको मृत्यु भएको छ। उनको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो।

घर आँगनमा खेल्ने क्रममा ढुंगा मुखमा हाल्दा घाँटीमा अड्किको हो। स्वासप्रश्वासमा समस्या देखिएपछि महाकाली अस्पताल पुर्‍याए पनि ढुंगा झिक्न सम्भव भएन । माहाकाली असपतालमा उपचार संभब नभउपछि कैलालीको धनगढीतर्फ लगिएको र उपचारका क्रममै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकार िदिए।

SHARE