प्रहरीको गोली लागीघाइते भएका न्यौपानेको मृत्यु

0
326

मंसिर १०,२०७७ : महोत्तरीको बर्दिवासमा मंगलबार भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि गम्भीर घाइते भएका बुद्धिराज न्यौपानेको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा शव भेटिएपछि आफन्त तथा स्थानीय बासिन्दाले दोषीलाई कारवाहीको मागसहित बालिकाको शव सडकमा राखेर प्रदर्शन गरेका थिए।

प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर न्यौपाने गम्भीर घाइते भएका थिए। उनलाई हिजै हेलिकप्टरबाट काठमाडौं लगिएको थियो।

SHARE