पदसँग राजधानी साटेको भन्दै अर्थमन्त्री पौडेललाई कालो झन्डा

0
551

मंसिर १०,२०७७ रुपन्देही :पदसँग राजधानी साटेको भन्दै अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका पौडेललाई गृह जिल्ला रुपन्देही आएका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भ्रातृ संगठन नेपाल तरूण दल र नेविसंघका कार्यकर्ताले बुधबार बिहान तिनाउ पुल नजिकै कालो झन्डा देखाएका थिए।

अर्थमन्त्री पौडेल सैनामैनामा सञ्चालित आयोजना अवलोकन गर्न जाँदै गर्दा सडकमा भेला भएका कांग्रेस कार्यकर्ताले उनलाई कालो झन्डा देखाएका हुन्। अहिले बुटवल आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

SHARE