गण्डकीमा थप १ सय १२ जनामा कोरोना

0
358

मंसिर ९,२०७७ : गण्डकी प्रदेशमा थप १ सय १२ जनामा कोरोना पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरामा ९१ जना र लाईफ केयर एण्ड डाइग्नोस्टिक प्रा लिमा गरिएको परीक्षणमा २१ जनामा कोरोना पुष्टि भएको हो।

सामाजिक प्रदेश मन्त्रालयका अनुसार गोरखाका १७, कास्कीका ७३ जना, लमजुङ २, नवलपरासी पूर्व ५, स्याङजा ४ र तनहुँका ११ जनामा कोरोना पुष्टि भएको हो।

यो सँगै गण्डकी प्रदेशमा ११ हजार ३ सय २ पुगेको छ।

SHARE