ह्वात्तै घट्यो सुनको मूल्य

0
376

मंसिर ९,२०७७ काठमाडौं : आज सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको नेपाल सुनाचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला ९४ हजार ३ सय रुपैयाँ मूल्य रहेको थियो । यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज प्रतितोला ३० रुपैयाँले घटेको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

SHARE