
मंसिर ८,२०७७ काठमाडौं : सालकको खपटासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं जिल्ला चाबहिल एरियाबाट आइतबार उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेका काभ्रेका बिनोद तामाङ र लालसिंह तामाङ रहेको महाशाखा प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।
उनीहरूको साथबाट सालकको खपटा १के।जि।२५ग्राम र २ वटा मोवाइल बरामद गरिएको छ।






