गुल्मीमा कोरोना संक्रमणका कारण १२ जनाको ज्यान गयो (बिवरण सहित)

0
356

मंसिर ८,२०७७ गुल्मी : गुल्मीमा कोरोना संक्रमणका कारण हाल सम्म १२ जनाको ज्यान गएको छ ।
मदाने गाउँपालिका वडा नं ६ पुर्कोटदहका ४१ बर्षिय शिक्षकको बुटवलको क्रिमसन अस्पतालमा गत जेठ ८ गते संक्रमणका कारण ज्यान गएको थियो । गुल्मीमा संक्रमणका कारण ज्यान जाने पहिलो ब्यक्ति उनीनै थिए ।
यस्तै धुर्कोट गाउँपालिकाका ३६ बर्षिय पुरुषको जेठ ३१ तम्घासको महिला बिकास कार्यालयमा रहेको आइसोलेशनमा उपचारको क्रममा ज्यान गयो । छत्रकोट गाउँपालिकाका ६८ बर्षिय पुरषको होम आइसोलेशनमा असार ६ गते ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
यस्तै रुरु क्षेत्र गाउँपालिकाका ७५ बर्षका बृद्धको काठमाण्डौँको ग्रान्डी अस्पतालमा असोज १ गते मृत्यु भएको हो । इश्मा गाउँपालिकाका ३१ बर्षका पूरुषको संक्रमणका कारण असोज ३ मा काठमाण्डौँको टिचिङ अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
रुपन्देहीको कोरोना बिशेष अस्पतालमा असोज १४ गते मुसिकोट नगरपालिकाका ७८ बर्षका बृद्ध ,असोज २२ गते रुरुक्षेत्र गाउँपालिकाका ८१ बर्षका बृद्ध , असोज ३० गते रेसुंगा नगरपालिकाकी ५५ बर्षकी महिला , कात्तिक १८ गते गुल्मीदरवार गाउँपालिकाका ८५ बर्षका बद्ध ,कात्तिक २७ गते रेसुंगा नगरपालिकाका ६८ बर्षका पूरुष ,मंसिर ३ गते सत्यवती गाउापालिकाका ६५ बर्षका पूरुष र मंसिर ५ गते रेसुंगा नगरपालिका वडा नं १ का ६६ बर्षका पूरुषको ज्यान गएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

SHARE