
मंसिर ७,२०७७ काठमाडौं : नेपालमा थप १६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारीअनुसार आज देशभर ५६ सय ९९ जना संक्रमित कोरोनामुक्त भएका छन्।
आज नेपालमा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १३ सय २१ पुगेको छ।






