मंसिर ७,२०७७ बाँके :दुईजना कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर ९, बनगाउँ दाङका ६७ वर्षीय कोरोना संक्रमित पुरुषको गएराती र दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९, बेलुवाका ६८ वर्षीय पुरुषको आइतवार विहान मृत्यु भएको हो ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले कोहलपुर शिक्षण अस्पतालमा उपचार गर्दै गर्दा घोराही उपमहानगरपालिका वडा नम्बर ९, बनगाउँ दाङका ६७ वर्षीय पुरुषको शनिबार राती ११ः५० बजे मृत्यु भएको तथा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९, बेलुवाका ६८ वर्षीय पुरुषको आइतबार बिहान १ः४० बजे मृत्यु भएको बताए ।