आजदेखि काठमाडौं महानगरले निशुल्क कोरोना परीक्षण गर्ने

0
349

मंसिर ७,२०७७ काठमाडौं :काठमाडौं महानगरपालिकाले आजदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने भएको छ।

सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्यलाई फेरी सूचारु गर्न लागिएको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए।

हिजो राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा प्रमुख शाक्यले पत्रकारहरुसँग कुरा गर्दै पुनः स्वाब संकलन कार्य सूचारु गर्न लागिएको बताएका थिए

SHARE