मंसिर ७,२०७७ गुल्मी : न्वागी पर्वको अबसरमा गुल्मीको इश्मा गाउँपालिकाले (आज )सार्वजनिक बिदा दिएकोे छ ।
दिन न्वागी पर्वको अबसरमा मंसिर ४ गते बसेको कार्यपालिकाको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका निमित्त पुमुख प्रशासकीय अधिकृत नारायण महत र अध्यक्ष लक्ष्मण बिष्टद्धारा हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ ।
आइतबार गाउँपालिका भित्रका सम्पुर्ण शिक्षण संंस्था ,स्वास्थ्य संस्था ,सार्वजनिक संघ संस्था , वडा कार्यालय तथा गाउँपालिकाको कार्यालय बन्द रहने गाउँपालिकाले जनाएको छ ।