नेकपा फुट्नु कुनै नौलो बिषय होइन : वामदेव गौतम

0
63

मंसिर ६,२०७७

दाङ : नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले एकता हुनु र फुट्नु कुनै नौलो नभएको र सृष्टिको नियम भएको बताएका छन्।

शनिबार दाङको तुलसीपुरमा भएको पार्टीका नेता तथा कार्यकर्तासँगको भेटमा उनले पछिल्लो समय पार्टीभित्र देखिएका समस्याको विषयमा बोल्दै पार्टी एकता भएपछि फुट्न पनि सक्ने बताए।

आफू सधैं पार्टी एकताको पक्षमा भएको भन्दै उपाध्यक्ष गौतमलले एकतापछि फुट्नु र जन्मेपछि मर्नु सृष्टिको नियम भएको बताएका हुन्।

आँफू एकीकरणको पक्षमा रहँदै आएकाले जुटेको पार्टीलाई फुट्न नदिने पक्षमा दरोका साथ मिलाउने पक्षमा रहेको समेत बताए।

त्यस्तै आफूले अहिलेसम्म कुनै गुटबन्दी नगरेको दाबी गदैै सबै यतिबेला पार्टी एकताको पक्षमा हुनुपर्ने समेत बताए।

SHARE