भोट माग्न जस्तै कोरोना नियन्त्रणको लागि जनप्रतिनिधिहरू घरघरमा जानु्पर्छ : अध्यक्ष तिमिल्सिना

0
300
फाइल फोटो

मंसिर ६,२०७७ काठमाडौं : भोट माग्न जस्तै कोरोना रोकथाम तथा नियन्त्रणका लागि घरघरमा पुगेर जनचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिहरुको भएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताएका छन्।

‘कोरोना महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले चुनावमा भोट माग्न नागरिकको घरघरमा पुगेजस्तै कोरोना रोकथामका लागि स्वास्थ्य सम्बन्धी सचेतना फैलाउन पनि सांसदहरु नागरिकको घरघरमा पुग्नुपर्ने बताएका हुन्।

यस्तै राजनीतिक दलहरुले पनि आफ्ना भातृसंगठन हरुलाई परिचालन गरी गाउँगाउँमा जनस्वास्थ्य सम्बन्धी सचेतना फैलाउनुपर्नेमा जोड दिएका छन् ।

SHARE