
मंसिर ६,२०७७ काठमाडौं : नेपालमा आज शनिवार थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १३ सय ५ पुगेको छ।
त्यस्तै, आज शनिवार थप १६ सय ७४ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख १८ हजार ६३९ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या २४ हजार ९ छ।






